अपडेटः मकालु एयरको बिमान जुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

सुर्खेत विमान स्थलबाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै दुर्घटनाग्रस्त हुन पुगेको हो। पाइलट किरण भट्टराइ र कोपाइलट आदित्य नेपाली बिमानमा सवार थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप