दोश्रो त्रैमासमा एनएमबि बैंकको खूद नाफा रु. १.६१ अर्ब, वितरण योग्य नाफा रु १.५१ अर्ब

काठमाडाै । आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमासमा एनएमबि बैंक लि.को खूद मुनाफा रु.१ अर्ब ६१ करोड पुगेको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा रु.१ अर्ब ५१ करोड रहेको छ ।सोही आ.व. को दोश्रो त्रयमास सम्ममा बैंकको कूल निक्षेप रु.१ खर्ब ४९ अर्ब र कूल कर्जा सापट रु.१ खर्ब ४४ अर्ब पुगेको छ । बैंकले यस आ.व. को ६ महिना भित्रमा निक्षेपमा रु.१४.६१ अर्ब र कर्जा तथा सापटमा रु.२१.८८ अर्बले वृद्घि गर्न सफल भएको छ ।

यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६% बाट वृद्धि भई ३.९५% र कर्जा तर्फ ४.१९% बाट वृद्धि भई ४.४३% पौष मसान्त सम्ममा पुगेको छ । त्यसैगरी, निक्षेपमा भएको वृद्धिमा बचत निक्षेपको हिस्सा ६५% रहेको छ । कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैंकले पौष मसान्त सम्ममा कूल ३,२३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । यस आ.व.को पौष मसान्त सम्ममा बैंकको पूंजी कोष अनुपात १३.६८% रहेको छ भने निष्किृय कर्जाको अनुपात २.३८% रहेको छ ।

एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ । विश्व बैंक अन्तर्गत रहेको IFC बाट दोश्रो पटक पुनः अमेरिकी डलर २ करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ । नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैंक हो । यस बैंकले गत वर्ष र यस वर्ष गरि दुई वटा विकास बैंकहरुलाई मर्ज÷प्राप्ती गरि आफ्नो पहुँचलाई विस्तार गरेको छ । बैंकले देश भरीमा १८० वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर र १३५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । उपरोक्त वित्तीय तथा उपलब्धीहरु बैकले लिएको दिर्घकालीन रणनीति बमोजिम रहेको जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री