प्रभु बैंककाे नाफा ४० प्रतिशतले बढ्याे

काठमाडौं । प्रभु बैंकले ६ महिनामा अघिल्लो वर्ष भन्दा करिब ४० प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आवको पुस मसान्तमा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियाे भने चालु आवको सोही अवधिमा ४३ करोड २९ लाख रुपैयाँ नाफा बढाएर १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ पुर्याएकाे छ ।

चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सो अवधिमा बैंकको सञ्चालन नाफा ४ अर्ब २ करोड ३३ लाख रुपैयाँ रहेकाे छ । गएकाे वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन २५.८५ प्रतिशत तथा कर्जा लगानी तर्फ २६.८२ प्रतिशतले वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ बैंकले निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

याे सँगै चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.०६ प्रतिशतले घटेकोे छ । गएकाे आवको पुस मसान्तमा ३.१२ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिको यस्तो अनुपात २.०६ प्रतिशतमा सीमित हुन पुगेकाे छ । पुस मसान्तसम्म बैंकको आधारदर ७.२४ प्रतिशत, स्प्रेडदर ३.६४ प्रतिशत र सीसीडी रेसियो ६६.४३ प्रतिशत रहेको छ ।

याे अवधिमा बैंकको कष्ट अफ फण्ड ५.०१ प्रतिशत, प्रतिशसेयर आम्दानी २६ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ २९ पैसा रहेकाे बै‌ंकले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री