कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो

भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप सहयोग उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । भारतीय ध्वाजाबाहक एयर इन्डियाको उडानमार्फत उक्त खोप नेपाल ल्याईएको वताइएकाे छ ।

नेपाललाई अनुदान उपलब्ध गराएको कोभिसिल्ड खोपको १० लाख डोज विमानस्थलमा औपचारिक कार्यक्रमको आयोजना गरी भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको वताएकाे छ । सुरुकाे चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी रहेकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …