उद्यमी कैलाश खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड

काठमाडौं । नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशील युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् ।

सिंगापुरको ‘एसिया वान’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने अवार्ड यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील नेपाली उद्यमी खड्कालाई प्रदान गरिएको हो ।

नेपालबाट पुरस्कृत हुने उनी यस वर्षका पहिलो नेपाली युवा उद्यमी हुन् । ३४ वर्षीय खड्कालाई ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’ को उपाधिबाट पुरस्कृत गरिएको छ ।४० वर्ष कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारीता, प्रभाव, प्रगति र योगदानलाई मुख्य आधार बनाइने आयोजकले बताएका छन् ।

खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । उनी प्राइभेट हस्पिटल एसोसियसन (अपिन) मा पनि आबद्ध छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस