एनआईसी एशिया बैंक र रेमिटवेर पेमेन्टस् इन्कबीच रेमिटेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्टस् इन्कसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।

बैंकले यस सम्बन्धमा क्यानडाको रेमिटवेर पेमेन्टस् इन्कसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स शुरु गरेको हो ।

उक्त सम्झौता अनुसार रेमिटवेर पेमेन्ट इन्क मार्फत क्यानडा र यूएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका सम्पूर्ण शाखाबाट सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् ।

हाल बैंकले २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सेवा दिँदै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

काठमाडौं । एमएडब्ल्यू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुई महत्त्वपूर्ण सम्मान प्राप्त गरेको …

प्रतिकृया दिनुहॊस