सातवटा विद्यार्थी संगठनले तेलकाे मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेका छन् । नेपाल आयल निगममा भएको चुहावट तथा भ्रष्टाचारको नियन्त्रण गर्नेतिर अग्रसर नभर्इ जनताको ढाड सेक्ने गरी पटक–पटक मूल्यवृद्धि गरिएको भन्दै सातवटा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन् । साे बिज्ञप्तिमा ट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै माग सुनुवाई नभए सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
संयुक्त रूपमा विज्ञप्ति अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, नयाँशक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियू (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष विवेक राई, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विष्णु नेम्वाङ र राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले जारी गरेका हुन् ।




