घान्द्रुकमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं ।माछापुच्छ्रे  बैंक लिमिटेडले कास्कीमा एक शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं–१०, घान्द्रुकमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित  माछापुच्छ्रे  बैंक लिमिटेडको हालसम्म १९ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ ।

ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस