अब फ्यान्टाको लोगो परिर्वतन, युवा केन्द्रित मार्केटिङ प्लान सुरु

काठमाडौं। फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । फ्यान्टाको नयाँ लोगो हेर्दा निकै बोल्ड र रमाइलो देखिन्छ । नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्म सोचको तरङ प्रबाह गर्ने किसिमले डिजाइन गरिएको छ ।


नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भन्नुभयो ‘फ्यान्टाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, जसले युवाहरुसँग आफुलाई जोडेर ब्राण्ड बिल्डमा गर्नमा सहयोग पुर्याउँछ ।

अहिलेको नयाँ पुस्तालाई ब्रान्डको बिषयमा धेरै ज्ञान रहेको छ किनकि उनिहरु साथीहरुसँग समय बिताउने ,रमाइलो गर्ने, प्रविधीको बिषयमा आफुले जानेका कुरा अघि राख्न मनपराउने कुरामा उनीहरु बिज्ञ नै भैसकेका हुन्छन् ।

त्यसैले उनिहरुको यही दृष्टिकोणलाई लिएर हामीले फ्यान्टाको क्याम्पेन सुरु गरेका हौँ । हामीले अहिले टीन मार्केटिङ अफिसर्सको टिम तयार गरेका छौँ जसले takeover.fanta.com जस्ता प्याटफर्महरुका मार्फत टीनएजर्सलाई यस क्याम्पेनमा भाग लिन र केहि नयाँ सृजना गर्न उत्सुक बनाउनेछन् । नेपालको हकमा फ्यान्टाकोे टीन मार्केटिङ अफिसर्स को बन्ने छ ?थाहा पाउन प्रतिक्षा गर्नुहोस् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस