‘आधीपुरुष’ मा प्रभाषकी ‘सिता’ का रुपमा देखिंदै कृती

चलचित्र ‘साहो’पछि नायक प्रभाष र निर्माता भुषण कुमारले चलचित्र ‘आधीपुरुष’ मा एकसाथ सहकार्य गर्नेभएका छन् । यो चलचित्रमा प्रभाष भगवान रामको भूमिकामा देखिने भएका हुन् । चलचित्रमा रावणको भूमिकामा नायक सैफअली खानले काम गर्ने भएका छन् । नायिकाको रुपमा कृती सेनन छानिएकी छन् । भारतीय मिडियाका अनुसार चलचित्रमा कृतीले सिताको भूमिकामा काम गर्नेछिन् ।

यो चलचित्रलाई ओम राउतले निर्देशन गर्दैछन् । कृतीले साइन गरेको यो छैटौ चलचित्र हो । कृती अहिले चलचित्र ‘हम दो हमारे दो’ मा काम गरिरहेकी छिन् । यो चलचित्रको छायांकन उच्च भीएफएक्सको साथमा स्टूडियोमा गरिने भएकाे छ । यो चलचित्रको रिलिज मिति सन् २०२२ को अगष्ट ११ लाई तोकिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस