काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वका तीन स्थानमा नयाँ शाखा बिस्तार गरेको छ। कम्पनीले झापाको बिर्तामोड, सुनसरीको इटहरी र मोरङको बिराटनगरमा एकैपटक शाखाबाट कारोबार सुरु गरेको जनाएको छ।तीनवटै शाखाको इन्स्योरेन्सका कम्पनीका संचालक समिति अध्यक्ष कुमार कोइराला, सद्भावना दूत जीतु नेपाल र मुख्य प्रबन्धक गणेश चौलागाइले उद्घाटन गरेको प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ।
अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब रहेको सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीले छिट्टै ६० करोड बराबरको शेयर निष्कासन गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ कायम गर्ने जनाएको छ।
तपाईंको प्रतिकृया




