उपत्यकामा थप १५ सय ३३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंका १२९४,भक्तपुरमा ७७ र ललितपुरमा १६२ गरी १५ सय ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले  जानकारी दिएकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार ३५ हजार ४१९ जना कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ। आज २८ सय १२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ। आइसीयूमा ३९८ जनाको   भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट जनाको ११ सय ८ मृत्यु भएको छ। आज मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री