नारायणी अस्पतालको शुल्क बृद्धीको बिरोधमा पुनःआन्दोलनमा उत्रदै सामाजिक अभियन्ता

वीरगंज  ।आम जनताको स्वास्थ उपचारको हकलाई कुन्ठित पार्ने गरि नारायणी उप—क्षेत्रीय अस्पतालले अव्यवहारिक रुपले गरेको चर्को शुल्क वृद्धिको बिरोधमा सामाजिक अभियन्ताहरु आन्दोनमा उत्रिने भएका छन ।

युवाहरुले पटक—पटक सरोकारवाला निकायहरु संग शुल्क बृद्धीको विषयमा ध्यानाकर्षण गराउदा“ समेत कुनै सुनवाई नभएकोले बाध्य भएर हामी आन्दोलन गर्नु परेको अभियानका संयोजक ओम प्रकाश सर्राफले जानकारी दिनु भयो ।

सरकारी अस्पतालमा झनै निशुल्क रुपमा उपचार सेवा प्रदान गर्नु पर्ने अवस्थामा उल्टै चर्को शुल्क वृद्धिले सरकारी अस्पताल निजी जस्तै ब्यवपार गर्न उद्द्त रहेको युवाहरुको ठम्याई रहेको छ ।

सरकारी अस्पतालमा पनि निजि जस्तै चर्को शुल्क तिर्नु पर्ने भए यो प्रदेशका करिब ५० प्रतिशत गरिबीको रेखामुनि रहेका आम जनता उपचार गराउन नपाएर ज्यान समेत गुमाउने अवस्था रहेकोले अबिलम्ब शुल्क वृद्धि फिर्ता सहित पहिलाको शुल्कमा पनि व्यापक कटौती गर्नु पर्ने र अस्पतालका बेथिति ,भ्रस्टाचार अन्त्य गर्नु पर्ने माग गरेका छन ।

शुल्क बृद्धीको बिरोधमा बैशाख १४ गते शुक्रबार अस्पतालको मुल गेट सडक पेटिमा प्ले कार्ड सहित बिहान ११ देखि १२ बजे सम्म प्रदर्शन गर्ने, त्यस्तै बैशाख १६ गते,अस्पताल परिसरको मुख्य सडकमा प्ले कार्ड सहित ११ बजे देखी १२ सम्म एक घण्टा धर्ना दिने कार्यक्रम रहेको अभियानका संयोजक ओम प्रकाश सर्राफले बताउनु भयो ।

अस्पतालमा जनता माथीको अत्याचार,अन्याय विरुद्धको हाम्रो संघर्समा हातेमालो गरौं भन्दै युवाहरुले सहयोग, सहभागीता, समर्थन र एक्यवद्धताको लागी सम्पुर्णमा हार्दिक आग्रह,गरेका छन । कार्यक्रमा अभियानका संयोजक ओम प्रकाश सर्राफ,समाजिक अभियन्ताहरु कमल चौगाइ, मदन गुप्ता, मोनिका सिह,ध्रमेन्द्र पटेल, सिवम साह, नवीन सिह, मानव अधिकारकर्मी हरेन्द्र बाबा पटेल, सक्रिय युवाहरु रबि गुप्ता, दिपु वर्णवाल, अलोक कर्ण, आरुस कायस्थ, अमीत लगायतको उपस्थीती रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस …

प्रतिकृया दिनुहॊस