आज थप २ हजार २५३ जनामा कोरोना

आज थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा यति संख्याका संक्रमित थपिएका हुन्। हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ।

याे अवधिमा १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन्। हाल देशका विभिन्न ठाउँमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।  याे समयावधिमा  मृतक थप ७ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ रहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

१३ वर्षमुनिका बालबालिकालाई स्मार्ट फोन र १८ वर्ष नपुगेसम्म सामाजिक सञ्जाल चलाउन नदिन विज्ञको सुझाव

काठमाडौं । फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ । मोवाइल लगायतका प्राविधिक उपकरणका कारण बालबालिकाको समग्र विकासमै असर गरेको गुनासो बढेपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले गठन गर्नुभएको विज्ञहरूको समूहले बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन वा इन्टरनेटको पहुँच हुने कुनै पनि उपकरणबाट टाढा राख्न सुझाव दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहॊस