आईएमएस ग्रुप र स्मार्टडोकोबीच लगानी सम्झौता

काठमाडौं ।  आईएमएस ग्रुपले स्मार्टडोकको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ ।स्मार्टडोको नेपालको एक ई–कमर्स प्लेटफर्म हो।

कम्पनीले विगत चार बर्षदेखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पुर्याउन सहज सुविधा प्रदान गर्दै आएको  छ ।

 कम्पनीको सुविधाहरुः

रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदि हुन् जसका कारण स्मार्टडोको सबैभन्दा मनपर्ने अनलाइन साइटहरूमध्ये एक मनिन्छ । ‘नयाँ युग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्रगतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएको छ त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप रुपमा लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वल्र्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्टडोकोमा लगानी गर्ने निर्णय गरेको छ’, आईएमएस ग्रुप अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले  जनाकारी  दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री