काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ८ सय ५६ जना पुगेको छ भने ९७ लाख १४ हजार ८ सय ६० जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि ५२ लाख ५० हजार ८७ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।
अमेरिकामा हालसम्म १ लाख २६ हजार ७ सय ८० जनाको, ब्राजिलमा ५५ ह्जार ५४ जना, बेलायतमा ४३ हजार २ सय ३० जनाको र इटालीमा ३४ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ४ लाख ९१ हजार १ सय७ ० जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या१५ हजार ३ सय ८ जना पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार १ सय ६१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २६ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




