मेची क्याम्पसमा लफडा: ३९ जना शिक्षक-कर्मचारीको जागिर खाेसियाे,बिज्ञप्तिसहित

विर्तामोड संवाददाता । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जीवन पोखरेलले क्याम्पसमा कार्यरत ३९ जना शिक्षक-कर्मचारीको जागिर खोसेकाे आराेप शिक्षक तथा कर्मचारीले लगाएका छन्।

बामपन्थी प्राध्यापकहरूको संगठन प्रगतिशील प्राध्यापक संघका प्रतिनिधि क्याम्पस प्रमुख पोखरेल ३९ जना शिक्षक तथा कर्मचारीको रोजीरोटीप्रति सजग र सहयाेगी नबनिदिँदा समस्या उत्पन्न भएको वताइएकाे छ।

क्याम्पसका प्रमुख जीवन पोखरेल क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीप्रति अनुदार भएकाले आफूहरूको रोजीरोटी संकटमा परेको पीडितहरूले बिज्ञप्तीमार्फत बताएका छन्। जसमा ३३ जना शिक्षक तथा ६ जना कर्मचारी मारमा परेका छन्।

सरकारको आदेश विपरीत क्याम्पस प्रशासनले करार शिक्षक तथा कर्मचारीलाई यस्ताे ब्यवहार गरेको पाइएको हो। सरकारले लकडाउन भएको अवस्थामा कर्मचारी तथा मजदुरलाई पारिश्रमिक दिन निर्देशन दिए पनि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको कार्यकारिणी समितिले सरकारको आदेश विपरीत निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

क्याम्पस कार्यसमितिले जेठ २७ गते आन्तरिक स्रोतबाट करारमा नियुक्त गरिएका शिक्षक–कर्मचारीको तलब नदिने निर्णय  गरेसँगै साे निर्णयले मेची क्याम्पसमा कार्यरत करिब ४० जना शिक्षक–कर्मचारी प्रभावित भएका छन्। कार्यसमितिले करार अवधि थप्ने निर्णय गरे पनि लकडाउन खुलेपछि क्याम्पस सञ्चालन भएसँगै सोही अवधिबाट तलब दिने (काम गरेपछि दाम दिने) निर्णय गरेको नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ मेची बहुमुखी क्याम्पसका अध्यक्ष नेत्र प्रसाद नेपालले न्यूज दैनिकलाइ जानकारी दिएका छन्।

१४ जना शिक्षकको जेठ २ गते करार अवधि सकिएको छ। तर परिस्थिति सहज भएका बेला जतिसुकै बेला पनि करार अवधि थपिने गरिएको थियो। पीडित एक जना शिक्षक गायत्री सुवेदीले क्याम्पस प्रशासनले बौद्धिक शोषण भएको समेत बताइन्। उनले भनिन्, ‘यो अवस्थामा क्याम्पस प्रशासनले हामीलाई अन्याय गरेको छ।’

उनीहरूप्रति गरिएको व्यवहारप्रति प्रजातान्त्रिक प्राध्यापकहरूले आपत्ति जनाएका छन् भने प्रगतिशील प्राध्यापकहरूले भने क्याम्पस प्रशासनको बचाउ गर्दै गर्दै आएको वताइएकाे  छ। क्याम्पस प्रमुख पोखरेल प्रगतिशील प्राध्यापकका प्रतिनिधि हुन्। मेची बहुमुखी क्याम्पस आन्तरिक स्रोत पनि मजबुद छ। क्याम्पसको नाममा सयौं विघा जमिन झापामै छ। तर अहिले संकटको घडीमा क्याम्पस प्रशासनले अन्यायपूर्ण तरिकाले अस्थायी तथा करारमा रहेका शिक्षक तथा कर्मचारीको रोजीरोटी खोस्ने काम गरेको छ। उता क्याम्पस प्रमुख जीवन पोखरेलले आफूले नियमसंगत काम गरेको बताएका छन् । उनले भने, ‘करारको सम्झौता अनुसार तलब खुवाउने निर्णय भएको हो।’

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस