भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीमा काेराेना संक्रमण देखिएन

काठमाडौं । भक्तपुर अस्पतालमा आइतबार राति   मृत्यु  भएकी  सुत्केरी महिलाको  पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका ३ घर भइ हाल भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा बस्दै आएका ती महिला आइतबार साँझ सुत्केरी गराउन भक्तपुर अस्पताल पुगेकी थिइन् । सुत्केरी भएको केही समयपछि नै उनको मृत्यु भएको थियो ।

मृत्युपछि कोरोना भाइरसको गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएपछि भक्तपुर  अस्पतालको सम्पूर्ण सेवा बन्द गरिएको  थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री