काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १९ लाख ८८ हजार ५ सय ४४ जना छन् ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ६ जनाको मृत्यु भएको छ भने २२ हजार८ सय ६३ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
तपाईंको प्रतिकृया




