एनएमबि बैंकको खाता भाइबरबाटै खोल्न सकिने

काठमाडाैं । एनएमबि बैंकको  खाता  घरमै बसी भाइबरमा च्याट गरेर पनि खोल्न सकिने  भएको छ ।

अहिलेको  परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले यस्तो योजना ल्याएको  हो ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ बैंकले बताएकाे छ ।

साथै, घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यमनिर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेकाे  जनाएकाे छ ।

त्यस्तै, बैंकले ग्राहकलाई बैंकिङ्ग अनुभवहरु प्रष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री