मौलिकता उत्कृष्ट उपचार हो

आज हामी मात्र नभएर सारा विश्व नै कोरोनाभाइरसको चपेटामा परेको छ । यो सरुवा रोग भएको र यसलाई नियन्त्रण गर्न आवात जावत, भीड, व्यससाय बन्द गर्नुपर्छ र यसको उपचार भनेको जो जहाँ छ त्यहीँ रहने वा परिवारका साथमा रहने भन्ने चिकित्सकहरुको सुझाव तथा चेतावनी आउन साथ संसार भरीका मजदुर , विद्यार्थी तथा पर्यटकहरु आफ्ना सारा आगामी कार्यक्रमहरु रद्द गरि आफ्नो मूलथलोतिर हतार हतार प्रस्थान गरे ।

आखिर किन त ?

विश्व इतिहास अध्ययन गर्ने हो भने जीवनको आधार शीला कृृषि रहेको पाइन्छ । कृषिसँग श्रम, उत्पादन र सिर्जना समावेश भएको हुन्छ । अतःपहिलेका मानिसहरुको आत्म विश्वास उत्पादनमाआधारित हुन्थ्यो र वढि भन्दा वढि उत्पादन गर्दथे । अत पुरातन समयमा वढि जग्गा जमिन ओगट्न सक्नेहरु मालिक कृषक र कामगर्नेहरु श्रमिकका रुपमा रुपान्तरण भए । औद्योगिकीकरणसँगै ती श्रमिकहरु उद्योगहरुतिर लागे ।

सामाजिक , शैक्षिक, वैज्ञानिक विकासक्रममा विभिन्न विद्यालय, विश्वविद्यालय, विभिन्न वैज्ञानिकआविष्कार, सडक सञ्जाल विस्तार, अस्पताल निर्माण आदिक्रममा विभिन्न पेशाहरुको विस्तार भयो । हाम्रो देशमा कृषि परम्परा गत भएको हुनाले यसमा आधुनिकीकरण गरिएन , राज्यकातर्फबाट उचित सम्मान गरिएन , फलत उनीहरुमा कृषक हुँदाको गौरव क्षीणहुँदै गए । कृषकका सन्तान समेत अन्य पेशामा गएपछि कृषि पेशा क्षणहुँदै गयो ।

अन्य पेशामा लागेका टाठाबाठाहरुको उदय तथा बोलवाला चल्यो । शहरीहरण तीब्र हने क्रममा उपभोक्ता बाद जन्म भयो । उपभोक्ता बादमा धनी, सम्पन्न तथा शक्तिशालीहरुले पहिलो बजार कब्जा गर्दछन् र सबभन्दा गुणस्तरीय सामग्री उपयोग गर्दछन् ।

आर्थिक, सामाजिक, शैक्षिक तथा शक्तिका दृष्टिले पछि परेकामजदर तथा विपन्न जनसमुदायक मसल तथा जिविका पार्जन गर्ने तहको मात्रउपभोग गर्न पाउँछन । पहुँचवालाहरु आफूलाई समाजको, व्यवस्थापनको नाइके ठान्दछन् र शासन गर्दछन् । हरेक सुविधामा आफ्नो वर्चस्व निर्माण गर्दछन् । उनीहरुबाट श्रमिक तथा मजदुरलाई सत् प्रतिशत न्याय मिल्छ भन्ने आशा गर्नु भनेको हावामा महल बनाउनु जस्तै हो ।

यो कुरालाई श्रमिक, मजदुर तथा विद्यार्थीहरुले प्रष्ट वुझेका छन् । अत पहुँचवालाहरु माथि विश्वास पनि गर्दैनन् ।
हाम्रो पुरातन संस्कति तथा संस्कार कृषि उत्पादन, पहिलो बाली/उत्पादन भगवान/प्रकृतिलाई अर्पण, त्यसपछि भोजन, सम्मानजनक दान तथा अतिथीदेवो भवमा आधारित थियो र अझपनि केही हदसम्म जीवन्त छ ।

अझै पनि ग्रामीण इलाकामा जतिसकै गरिव भए पनि आफ्नै झुप्रो छ, आफ्नो पन छ , सँगै बाँचौ र सँगै मरौँ भन्ने प्रेमपूर्ण जीवन प्रणली छ । जसले गर्दा आफ्ना घरका सदस्य आफन्त सामान्य वेलाजता भएपनि मर्दा र पर्दा साथमाहुनुपर्छ भन्ने पौराणिकमान्यता रहँदै आएको छ। जसले गर्दा खुसीका बेलामात्र नभएर विशेषत दुःखका बेलासाथमा रहने परम्परा रहेको छ ।

त्यसै हुनाले भुकम्प बेलामात्र हैन, अहिलेको महामारीमा पनि साथमा हुन चाहेका छन् । दुःख सुख साट्न चाहेका छन । दुःखको बेलामा साथमा भइयो भने बाँकी जीवनका लागि गुनासो कमहुने वा नरहने हुन्छ । समुदायमा एक आपसको सामीप्यता र ख्यालगर्ने परिपाटी निकट हन्छ यसले दुःख निवारण वा तनाव व्यवस्थापनका महत्व पूर्ण भूमिका खेल्न सक्छ । यसै कारणले नेपालमा भूकम्प पश्चात अनुमान गरिए भन्दा धेरै कम मानसिक समस्या देखिए ।

हामीसँग भएको यहि मौलिकताले , भावानात्मक एकताका कारण आर्थिक रुपले विपन्नाका वावजुद मानसिक अवस्था मजवुद रहेको छ । यहाँमात्र हैन , दक्षिण एसिया, पुरै एसिया र अफ्रिकाको चलनउस्तै रहेको छ जसका कारण एक्लोपन, गरिवीका कारण दिक्दारी , मानसिक समस्या युरोप तथा अन्य विकसित देशहरुको तुलनामा कम रहेको छ ।

यीयावत कुराहरुको कारणले शहरमा रहेका श्रमिक, मजदुर किसान , विद्यार्थी तथा पर्यटक महामारीका बेला आफन ेथाक थलो फर्कन चाहन्छन् । अत उनीहरुलाई जतिसुकै दुःख कष्ट सकस भएपनि आफ्ना साना लाला बाला लिएर कैयौँ दिन लगाएर घर पुगेका छन् । आफ्नै समुदायमा केहि संभावना खोज्न चाहन्छन् । विदेशीएकाहरु नेपाल फर्कन चाहन्छन् र नेपाल मै केहि कामको थालनी गर्न चाहन्छन् । यो एक महत्वपर्ण अवसर पनि हो र यसलाइ सदुपयोग गर्नुहाम्रो आम दायित्व रहेको छ ।

कसरी हाम्रो मौलिकताले कोरोनामाहामारी नियन्त्रण तथा ठिक गर्न सक्दछ?

विश्व स्वास्थ्य संगठनको अनुसार कोरोनाभाइरस नियन्त्रण गर्न लगातार तात ोपानी खाने, सावुन पानीले हातधोइ राख्ने, ताजा झोलिलो खानेकुरा खाने, उच्च मनोवललिने , श्वासप्रश्वास सजिलो गराउने व्यायाम गर्नु पर्दछ ।

हाम्रो संस्कृतिमा तातो , ताजा खाने कुरा पहिलो प्राथमिकतामा पर्दछन् । परिवार सञ्चालनका केहि आधारभत मापदण्ड छन जस्तै :बाहिरबाट आएपछि घर प्रवेश गर्ने बेला हात खुट्टा धुनु पर्ने, शौचालय टाढा हुनु पर्ने, शौचालयबाट आएपछि अनिवार्य सावुन पानीले हातधुनु पर्ने आधारभुत नियम बनाइएका छन । घरका कोहि विरामी भए सो व्यक्तिलाई विशेष ख्याल गर्नुपर्ने दायित्व अरुहरुको हुन्छ । घरका सदस्यले पाहुनालाई हात खट्टा धुन पानीको बन्दो बस्त गर्ने, नमन वा ढोगभेट गर्ने , खानामा दुध , दहि,मोही , झोलीलो कुराहरु दिने, छट्टै ओच्छानको व्यवस्था गर्ने र पाहुना गएपछि राम्रोसँग सफागर्ने । झोलिलो कुरा बनाएदा विभिन्न जडिबटी तथा मसलन्दको प्रयोग गर्ने, पाहनालाई सकेसम्म सत्कार गर्ने र नमिठो वचन नबोल्ने ।

यतिमात्र नभएर घरका लुगा कपडाहरु ज्यादै फोहोर लागेमा खरानी तथा सरफ हालेर उमाल्ने जसले गर्दा कुनै किटाणु पनि यति धेरै खतरनाक र सरुवा रोगका रुपमा विकास गर्न सक्दैनथ्यो ।

यसरी हाम्रो मौलिकता विश्व स्वास्थ्य संगठनकोआकलन भन्दा स्तरीय छन् । हामी मानव जाति मात्र नभएर जलचर, थलचर, वनस्पती तथा सम्पूर्ण प्राणी मैत्री छन् ।

पृथ्वीलाई शान्त राख्न सघाउने वृहत् वातावरणीय नियमहरु छन् । हाम्रो थाकथलोमा यी नियम पालन गर्न सजिलो हुन्छ । यसैले मजदुर , विद्यार्थी तथा पर्यटकहरुलाई मूल घर फर्कन सहजीकरण गरौँ । हामी मनन गरौँ र यस जीवन पद्दति अगाल्न थालौँ । पृथ्वीलाई पनि शान्त रहन सहयोग गरौँ र हामी पनि शान्त तथा आनन्द भावमा बाँचौँ । यसमा सबको भलो छ ।
पद्मप्रसादघिमिरे
परामर्शमनोवैज्ञानिक
आवध्दताः
►सडक आश्रित मानव मुक्त अभियान नेपाल (सम्मान नेपाल)
►वि भि एस् नेपाल अन्तर्गत आगजनी विभाग, राष्ट्रियट्रमा सेन्टर तथा त्रिवि विशिक्षणअस्पताल
►पाठशालाफाउन्डेशन नेपाल
►मनोविज्ञानविभाग, त्रि–चन्द्र क्याम्पस
सम्पर्क : ९८४२१७९५८१

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस