महालक्ष्मी विकास बैंकले हालविश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19)को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा रु.५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बैकले संघीय सरकारलाई रु.१२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु.४ लाखका दरले रु.२८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा रु.१० लाख सहयोग गर्ने भएको हो ।
बैंकले प्रदानगर्ने उक्त सहयोगकेन्दी«य सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा जम्मा गरिने,प्रदेशहरुमाप्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वयगरि वितरण गरिने बैंकले जनाएको छ ।
यस असहज परिस्थितिमाउक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्नमद्दत पुग्ने विश्वास बंैकले लिएको छ ।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनिबचाउन अनुरोध गरेको छ ।



