काठमाडौं । लक्ष्मी बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा प्रभावितलाई राहत प्रदान गर्ने उद्देश्यले १ करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
जसमध्ये ३० लाख रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गर्ने निर्णय गरेको हो ।
यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै प्रभावित व्यक्ति तथा परिवारलाई केही हदसम्म राहत मिल्ने बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस