कुमारी बैंकले सबै प्रदेश सरकारकाे काेषमा ७० लाख सहयोग गर्ने

काठमाडौं । कुमारी बैंकले कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सबै प्रदेश सरकारकाे काेषमा ७० लाख सहयोग गर्ने भएको छ ।

प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु ७० लाखको सहयोग गर्ने भएको   हो ।

सो सहयोग मार्फत कोरोना भाइरसको रोकथामका साथै न्यून आमदानी भएका अतिविपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंक विश्वस्त रहेकाे छ ।

चैत्र १८ गते मंगलबारका दिन बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई रु १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरेकाे बैंकले जनाएकाे छ ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले बताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस