भक्तपुरमा घरबाहिर निस्कन अनिवार्य ‘पास’ लिनुपर्ने

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट नगरवासीलाई जोगाउन भक्तपुर नगरपालिकाले घरबाहिर निस्कन अनुमति लिनुपर्ने निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकाले लकडाउन घोषणा गरिएको समयावधिमा अत्यावश्यक कार्यका लागि मात्र एक घरबाट एकजना मात्र बाहिर निस्कन सकिने गरी वडा कार्यालयहरु मार्फत अनुमति पत्र वितरण गर्ने निर्णय गरेको हो ।

पास हिजो बेलुकादेखि नै वितरण सुरु गरिसकेको  नगरपालिकाले  जनाइएको छ ।

तरकारी र खाद्यान्न पसलमा पनि हुलका हुल जान थालेपछि कोरोना भाइरस संक्रमणबाट नगरवासीलाई जोगाउन घरबाहिर निस्कन पनि पास लिनुपर्ने निर्णय गर्नुपरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

नगरपालिकाले तरकारी बजार समेत व्यवस्थित गर्न खुल्ला स्थान तथा प्रत्येक वडाहरुमा बजार बिहान तीन घण्टा र बेलुकी २ घण्टा खोल्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री