अमेरिकी नागरिक लैजान चार्टर्ड जहाज नेपाल आउँदै

काठमाडौं ।  अमेरिकाले नेपालमा रहेको आफ्ना नागरिक लैजान  जहाज चार्टर्ड गरेको छ ।उक्त मंगलबार जहाज आउने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि अलपत्र परेका  आफ्ना नागरिक लैजान कतार एयरवेजको जहाज चार्टर्ड गरेको अमेरिकी दूतावासले जनाएको छ ।

कतार एअरवेजको जहाज काठमाडौंबाट दोहा हुँदै अमेरिकाको डल्लास एअरपोर्ट पुग्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप