सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ ।  सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको जानकारी दिएकाे छ ।

 

सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ ।

सभामुखमा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि एमालेले सभामुखको आकांक्षा देखाएको भए पनि माओवादी केन्द्रले महरालाई उतार्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले भने उम्मेदवार खडा गर्ने या नगर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । कांग्रेसका नेताहरुले यसबारे छलफल भइरहेको जनाएका छन् ।

त्यसैगरी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सभामुख उम्मेदवारबारे अहिलेसम्म कुनै निर्णय लिएको छ । कांग्रेस नेताहरुले यसबारे छलफल भइरहेको जनाएका छन् ।

प्रतिनिधिसभाको कुल २७५ सदस्यमध्ये सभामुख निर्वाचित हुनका लागि कम्तीमा १३८ मत आवश्यक हुन्छ । संसदमा एमाले–माओवादीको बहुमत रहेकाले वाम गठबन्धनकै उम्मेदवार निर्वाचित हुने लगभग निश्चित जस्तै छ ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन …

प्रतिकृया दिनुहॊस