कोरोनाले कांग्रेसका सबै कार्यक्रमहरु स्थगित

काठमाडौं । नेपाली कांग्रेसले विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरसका कारण आफ्ना सबै कार्यक्रमहरु स्थगित गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आज बुधबार प्रवक्ता विश्वप्रकाश शर्माले वताए ।

कोरोना भाइरस (कोबिड १९) बारे ‘सरकार र समुदायका नाममा नेपाली कांग्रेसको १४ बुंदे अपील’ फागुन १९ गते कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक गरेको थियो। विश्व स्वास्थ संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने भएकाले स्थगित भएकाे हाे ।

‘ सरकारी लापरबाही तथा ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीर रुपले लिएर सरकारलाई हामी खबरदारी गरिरहेका छौं । यो जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई नेपाली कांग्रेसको सम्पूर्ण साथ रहनेछ । सरकार र सम्बन्धित निकायहरूले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न हामी हार्दिक अपील गर्दछौं ।’ प्रवक्ता शर्माले भने ।

विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको समेत शर्माले बताए । तर पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिहरुमार्फत जारी रहने पनि उल्लेख गरिएकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक …

प्रतिकृया दिनुहॊस