मुक्तिनाथ विकास बैंक लि.र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तल उल्लेखित विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक प्रभाकर खड्का हस्ताक्षर गरेका छन् ।
यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ । यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, D-MAT खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका छन् ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका स्थानहरु
सिद्धार्थ होटल नयाँ आनन्द, महेन्द्रनगर सिद्धार्थ कटेज रेस्टुरेण्ट, धोवीघाट
सिद्धार्थ होटल, टिकापुर, कैलाली सिद्धार्थ कटेज रेस्टुरेण्ट, वुटवल
सिद्धार्थ होटल, नेपालगञ्ज सिद्धार्थ कटेज रेस्टुरेण्ट, पुरानो वानेश्वर, काठमाडौं
सिद्धार्थ कटेज तथा होटल, बुटवल सिद्धार्थ कटेज रेस्टुरेण्ट, तिनकुने
सिद्धार्थ होटल, सुन्धारा एस क्याफे, कोहलपुर
सिद्धार्थ होटल ग्राण्डि सिटी, विर्तामोड एस क्याफे, नेपालगञ्ज
सिद्धार्थ सन्नी रिसोर्ट, सुर्खेत एस क्याफे, न्युरोड, काठमाडौं
सिद्धार्थ रिसोर्ट, चिसापनी, कैलाली एस क्याफे, जमल, काठमाडौं
सिद्धार्थ रिभरसाईड रिसोर्ट, चुम्लीङ्गटार, चितवन एस क्याफे, तिनकुने, काठमाडौं
सिद्धार्थ कटेज रेस्टुरेण्ट, नेपालगञ्ज



