काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका विभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
मेगा बैंक महेन्द्रनगर शाखाबाट आयोजित कार्यक्रममा शाखा प्रबन्धक सन्जोग भट्ट लगायतले मेगा बैंकका सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्व लगायतका विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाली सेनाको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्नेत र सेनानी राकेश बस्नेतले सैनिकहरुलाई वित्तीय सारक्षता गराइदिएकोमा मेगा बैंकलाई धन्यवाद दिए ।
तपाईंको प्रतिकृया



