सुर्खेत। बोनम्यारो प्रत्यारोपणका बेला निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हाम्राकुरा डटकम न्यूज पाेर्टलका प्रधानसम्पादक अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गरेका छन् । नेपाल प्रेस युनियनका महासचिव शिवाकोटीले सुर्खेतमा पुगेर पत्रकार शर्माकी बहिनी नानकला शर्मालाई २५ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन्।
तत्कालिन सभामुख कृष्णबहादुर महराको अनैतिक सम्बन्धलाई बाहिर ल्याएर साहसिक पत्रकारिता गरे बापत झ्न्जा “साहसिक पत्रकारिता पुरस्कार” प्राप्त गर्न सफल शिवाकोटीले सो पुरस्कारको रकम मध्येबाट पत्रकार शर्माको परिवारलाई २५ हजार सहयोग गर्ने घोषणा केहि समय अघिनै गरेका थिए।
पत्रकार शर्माको २३ बर्षको कलिलो उमेरमै गएकाे कार्तिक २८ गते निधन भएको थियो। शर्माको आमा र बहिनी छन् ।
तपाईंको प्रतिकृया




