संसदमा काँग्रेसले भन्यो- अख्तियारले अधिकार दुरुपयोग गर्‍यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  शुक्रबार पनि संसद बैठक अवरुद्ध गरेको छ । बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई मुद्दा दायर गरेको विरोधमा कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरूद्ध गरेको हो ।

सभामुख अग्नीप्रसाद सापकोटाले संसदको काम कारबाही शुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सबै सांसद उठेर विरोध जनाएका थिए । त्यसपछि कांग्रेसका सांसद मानबहादुर विश्वकर्मालाई आफ्नो धारणा राख्न सभामुख अग्नीप्रसाद सापकोटाले समय दिएका थिए । सांसद विश्वकर्माले अनुसन्धानका क्रममा अख्तियारले आफ्नै अधिकारको दुरुपयोग गरेको आरोप लगाए । ‘अख्तियारले आफ्नै अधिकार दुरुपयोग गर्‍यो’, उनले भने ।

सांसद विश्वकर्माले निर्दोष विजय गच्छदारलाई पक्रिएर सारा अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च रचिएको आरोप लगाएका छन् । उनले भने, ‘सरकारले नियोजित योजनामा अख्तियारले कांग्रेसका सांसद थुन्ने काम अघि बढाएको छ, अख्तियार सरकारको छायाँ भएर सत्तारुढ पक्षकालाई बोक्ने र अरुलाई ठोक्ने कार्य बेठिक छ ।’

यसअघि शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले शुक्रबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो । गच्छदारमाथि प्रतिशोध साधेर भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो ।

बालुवाटारमा रहेको ललिता निवास जग्गा व्यक्तिका नाममा बनाएर खरिद बिक्री गर्नेमध्ये १७५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले दायर गरेको मुद्दामा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो छोराका नाममा किनेको जग्गा भने फिर्ता दिने शर्तमा मुद्दा नचलाएको भन्दै कांग्रेस असन्तुष्ट छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after