नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबीच सम्झौता

काठमाडौं । नेपाल दुरसंचार कम्पनी र नबिल बैंकबीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले हस्ताक्षर गरे।

नेपाल टेलिकमले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर नबिल बैंकसँगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट भिसा तथा मास्टर कार्डहरु प्रयोग गरी हाललाई पोष्टपेड तथा प्रिपेड रिचार्च टपअप गर्न सक्ने छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप