राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा भक्तपुर दरबार स्क्वायरमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रको महानगरीय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा एटिएम सेवा संचालनमा ल्याएको छ ।

उक्त एटिएम उद्घाटन  भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताएका छन् ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त व्यक्त गरे भने समारोहको संचालन शाखा कार्यालय सुर्यविनायकका प्रबन्धक मुरारीप्रसाद दंगालले गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री