काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १०.२४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले सो मध्ये ९.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४८७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
उक्त लाभांश बिमा समितिको स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भए पश्चात मात्र शेयरधनलिे पाउनेछन् ।
तपाईंको प्रतिकृया



