आईएमएस ग्रुपले नेपालका लागि लिनियर फ्लक्सका आधिकारिक बिक्रेता

काठमाडाैँ ।    आईएमएस ग्रुप अब नेपालमा लिनियर फ्लक्सकालागि एक मात्र आधिकारिक बिक्रेता बनेका छन् ।

बाइ डाक्टर ड्रे र मोन्स्टर प्रोडक्टस्का इन्जिनियरले बनाएका , लिनियरफ्लक्स हेडफोन ब्रान्ड हो जसले वायरलेस, हाइपर डेफिनेसन, अडियोको अनुभव दिनेछ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकासपछि अमेरिकी ब्रान्ड लिनियरफ्लक्स आधिकारिक रुपमा लन्च भएको हो ।

लिनियर फ्लक्स HyperSonic  एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई  Lady Gaga, Dr.Dre, Puff Daddy, Black Eyed Peas, Far East Movement, Jay Chou, Wonder Girls जस्ता सांगितक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएकोछ ।

यसको DL01 Immersive ध्वनि इन्जिनको विशेस्ताले संगीतको स्पष्टता बढाउंछ र बेसको लागि उपयुक्त रहेको छ । लिनियर फ्लक्स HyperSonic पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यसको विषेशता भनेको pillow-soft ear-tips दुई थरीका रङ्गहरुमा पाईनेछ साथै यसले बाहिरी ध्वनी कम गरी बिस्त्रित ध्वनी सुन्न र बेसको आनन्द लिन मद्दत गर्दछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप