‘कुल्ली नम्बर १ ’मा सारा र बरुणको लाेभलाग्दाे कम्बिनेसन

एजेन्सी । नायिका साराअली खानको करिअर उम्दाे छ । साराले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताहरुको संख्या धेरै छ ।

सारा नायक बरुण धवनसँग चलचित्र ‘कुल्ली नम्बर १’ मा सँगै काम गर्नेछिन् । यो चलचित्रको हालैमात्र एउटा तस्वीर सार्वजनिक भएको छ । उक्त तस्वीरमा बरुण र सारा रोमान्टिक मुडमा देखिएका छन् । डेभिड धवनले निर्देशन गरेको यो चलचित्र नायक गोविन्दा र करिश्मा कपुर अभिनित चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक हो ।

रिमेक चलचित्र मे १ मा रिलिज हुँदैछ । सारा र वरुण दुबै अहिले छुट्टी मनाइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप