महालक्ष्मी विकास बेैंक लि.द्वारा विद्यालयलाई सहयोग

काठमाडाै  ।  महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले आइतबार काठमाडौं महानगर पालिका –१ नक्सालमा अवस्थित श्री नन्दी माध्यामिक विद्यालयमा विद्यार्थीको लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने हेतुले बैंकले खेलकुद सामाग्री प्रदान गरेको हो ।

यससँगै आइतबार नै बैंकको तीनचुली शाखाले काठमाडौ महानगरपालिका –७ मा अवस्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयलाई अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्गता मैत्री फर्निचर प्रदान गरेको हो । उक्त कार्यक्रमहरुमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री