नेपाल बंगलादेश बैंकद्धारा प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडाै  । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालै कमलादी, काठमाडौँ स्थित आफ्नो प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा बैंकका काठमाडौँ उपत्यका भित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारीहरु सहभागी भएका थिए ।

बिहान ८ बजेर ३० मिनेटमा सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट शुरू भइ शहिद गेट, न्यु रोड गेट, जुद्ध शालिक भइ इन्द्र चोक, असन बजार, जमल, दरबार मार्ग हुदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो । सो कार्यक्रममा कर्मचारीहरुले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरु लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदा लगायत बैंकिंग कारोबारका फाइदाहरुको बारेमा जानकारी दिएका थिए । साथै उनीले यस्ता कार्यक्रमले साधारण जनमानसमा वित्तीय साक्षरता बारे आवश्यक जानकारी प्रवाह हुने र बैंकिंग कारोबारमा चुस्तता आउने धारणा व्यक्त गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री