सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका तर्फबाट  अस्पतालका  कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप