एनआईसी एशियाको शाखा ललितपुरको सानेपामा

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ शाखा कार्यालय  ललितपुरस्थित सानेपामा सञ्चालनमा ल्याएको छ । उक्त  शाखाको उद्घाटन महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप