गोरखामा जीप दुर्घटना, पाँच जना घाइते

काठमाडाैँ ।गोरखाको पालुङटार नगरपालिका–६ बुढीचौरबाट काठमाडौं जादै गरेको ग १ ज ७४९४ नम्बरको जीप  दुर्घटना भएको छ।दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

घाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु र रमेश थारु छन् भने विकास रोकाको अवस्था गम्भीर छ।  घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री