मुक्तिनाथ रेमिटको रेमिट्यान्स अभियानका विजेताहरुलाई विभिन्न ७६ पुुुरस्कार वितरण

काठमाडाे । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी सञ्चालन गरेको रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानका भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरेको छ ।

यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनैपनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको बैंकले जानकारी दिएकाे छ ।

७६ पुरस्कारहरुमध्ये २५ जनालाई Bluetooth Speaker, २० जनालाई Pressure Cooker, १५ जनालाई Smart Mobile Set, क्भत, ७ जनालाई TV 32” Smart HD, ५ जनालाई Fridge 200 ltr, , ३ जनालाई Laptop, , १ जनालाई Scooty  वितरण गरिएको छ । भाग्यशाली विजेताहरुको घोषणा २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको Facebook Page मार्फत Liveगरिएको थियो ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित …

प्रतिकृया दिनुहॊस