काठमाडाै । विश्वप्रख्यात कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुबिधा सहितको शोरुम आजबाट सञ्चालनमा ल्याएको छ ।
थ्रीएस ९सेल्स,सर्भिस, स्पेयर पार्टस् सहितको शोरुमको आज उद्घाटन ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । शोरुममा कियाबाट उत्पादन भएका नेपालमा उपलब्ध सबै गाडी पाउनुका साथै बिक्रीपछिको सेवापनि दिने कम्पनीले जनाएको छ । करिब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जना भन्दा बढी प्रबिधिक तथा कर्मचारी सेवामा रहेछन ।
शोरुम उद्घाटनसंगै आजै नेपालमा बहुप्रतिक्षित किया सेल्टोस अनावरण पनि गरिएको छ । विश्वभरका मानिसहरुको पहिलो रोजाई बनेको किया मोटर्स कोरियन कम्पनि हो । नेपालमा समेत ग्राहकहरुको अत्याधिक माग रहेपछि सेल्टोस नेपालमा बिक्रि सुरु गरेको किया जाउलाखेलका प्रमुख शंकु घिमिरेले जानकारी दिनुभएको छ ।
सेल्टोसको मुल्य नेपालम बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजार सम्म पर्ने कम्पनीले जानकारी दिएको छ । किया जाउलाखेलले सुरुवाती बुकिङमा १ लाख ५० हजार सम्मको नगद छुटको सुविधा दिएको छ । जसले ग्राहकलाई आफ्नो रोजाइको गाडी किन्न सहज हुने कम्पनीको विश्वास छ ।
सेन्ट्रोस हाल भारतमा सर्वाधिक बिक्रि हुने गाडीको सुचिमा चौथो नम्बरमा छ । चाडै नेपाल र भारत दुवै ठाँउमा सेल्टोस एक नम्बरमा आउछ, किया जाउलाखेलमा प्रमुख घिमिरेले भने सेल्टोस सुविधा र सुरक्षा दुवैका दृष्ट्रिकोणले राम्रो छ त्यसैले ग्राहकहरुले अवश्य रुचाउनु हुनेछ । कियाले सन् २०१९ देखि आफ्नो उत्पादन भारतमा सुरु गरेको थियो । भारतमा निकै लोकप्रिय भएको सेल्टोस नेपालमा पनि सफल हुने कम्पनीको विश्वास छ । यस्तै किया जाउलाखेलबाट अत्याधुनिक सुबिधा सहितका बिद्युतिय गाडीपनि नेपाली बजारमा बिक्रि सुरु गरिएको छ । कियाले यस अघि बिक्रि सुरुगरेको स्पोर्टेज गाडी नेपाली बजारमा सर्वाधिक रुचाइएको छ ।
प्रतिकृया दिनुहॊस