सिन्धुपाल्चोक बस दुर्घटना : ५ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका – ७ को ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेकाे छ ।मृतकमध्ये ५ जनाको सनाखत भएको छ ।

दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३६ वर्षीया जुनुमाया तामाङ, २८ वर्षीया मन्जु तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका ५ का २८ वर्षीय मेहेश तामाङ, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ की ७ वर्षीया बालिका सविना तामाङ र सोही ठाँउका २८ वर्षीय सुक बहादुर तामाङको सनाखत भएको छ ।

अन्य मृतकको सनाखत हुन बाँकी रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । कालिन्चोक भगवतीको दर्शन गरी  भक्तपुर फर्कदैं गरेको बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस दुर्घटनामा परेको थियो ।   घाइते  १७ जनाको   खाडीचौर, धुलिखेल लगायत अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री