काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको निजगढ र बानेश्वर शाखाले शनिबार पानी ट्याङकी वितरण कार्यक्रम सम्पन्न गरेका छन् ।
निजगढ शाखाले निजगढ न.पा. वडा नं १० लालस्थित पल्युल साम्तेन्लिर्ङ गुम्बामा अध्ययनरत विद्यार्थीहरुका साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने उद्देश्यले गुम्वा व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।
बानेश्वर शाखाले बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी. उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेका हुन् ।




