काठमाडौं । प्रभु बैंकले रसुवा जिल्लाको टिमुरेमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोसाईकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले गरेका हुन् ।
बैंकको टिमुरे शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने र सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।
तपाईंको प्रतिकृया




