दक्षिण एसियाली खेलकुद(साग)को भलिबल प्रतियोगिता एक्सन स्पोर्टसमा

काठमाडाैं ।नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुँदैछ ।

१३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ SD  ९९१ HD मा प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाल बिरुद्ध बाङ्गलदेश को महिला भलिबल प्रतियोगिता आज अपराहन्न ३ बजे हुँदै छ भने नेपाल बिरुद्ध बाङ्गलदेशको पुरुष भलिबल प्रतियोगिता सांझ ७ बजे हुँदैछ ।

नेपालले खेल्छ नेपालीले हेर्छ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकाल देखिनै नेपालमा आयोजना हुने हरेक खेलहरुलाई नेपाली दर्शक माझ पु¥याउँदै आएकोछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री