अब डिशहोमको सिनेमा घरमा “छ माया छपक्कै”

काठमाडौँ ।  वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ ।
ख्यातिप्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुनेछ ।

डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु (Pay Per View)  सुुविधा उपलब्ध गराईरहेको छ ।

पे पर भ्यु(Pay Per View) सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समयपछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासंग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।

आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो ।

चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस