नेपाल बंगलादेश बैंकद्वाराअसहाय बाल उत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण

काठमाडौं ।  विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर–२३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको थियो ।

बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक  सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा सो संस्थाकी अध्यक्ष्य  सावित्री पोखरेलले सो सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने बिश्वाश व्यक्त गर्नुभएको थियो ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो ।

बैंकले बैंकको संस्थागत नारा ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस